Connect with us

समसामयिक

आँबुखैरेनी बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

Published

on

 पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐन पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । कूल ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.