Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्योः इरान

Published

on

इरानको परमाणु ऊर्जा संस्था आईओईले परमाणु क्षेत्रमा गरिएको अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन बताएको छ । अमेरिकाले परमाणु अप्रसार सन्धिको समेत उल्लंघन गरेको इरानकोआरोप छ ।

मेहर न्युजका अनुसार इरानले एक वक्तव्य जारी गर्दै अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको निगरानीमा काम भइरहेको भए पनि अमेरिकाले आक्रमण गरेर त्यस कानुनको उल्लंघन गरेको बताएको हो । यसमा एजेन्सीले केही नबोल्नु शंकास्पद भएको इरानको भनाइ छ ।

आईओईले दुस्मनको अनेक कोसिसका बावजुद पनि हजारौं वैज्ञानिक र विशेषज्ञको अथक मेहनतबाट इरान आफ्नो परमाणु कार्यक्रमलाई अगाडि बढाइराख्ने बताएको छ । उसले अमेरिकी आक्रमणमा परमाणु क्षेत्रमा कुनै प्रकारको रेडिएसन चुहावट नभएको बताएको छ । इरानी परमाणु ऊर्जा संस्थाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै रेडिएसनको मापन गर्ने मेसिनबाट जाँच गर्दा चुहावट नभएको बताएको हो । यी क्षेत्र अब स्थित र सुरक्षित रहेको उक्त संस्थाको जिकिर छ ।

इरानी विदेशमन्त्री अब्बास अराकचीले इरानलाई आत्मरक्षाको अधिकार भएको बताएका छन् । इरानले आफ्ना नागरिकको सम्प्रभुता र हितको रक्षाका लागि विकल्प अपनाउने चेतावनी दिएका छन् ।

अमेरिका स्वयं संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य रहेको र उसले इरानको शान्तिपूर्ण परमाणु क्षेत्रमा आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको विदेशमन्त्री अब्बास अराकचीको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.