Connect with us

समसामयिक

बीपी राजमार्ग पूर्णरूपमा बन्द

Published

on

बीपी राजमार्गमा आज गाडी चलेका छैनन्। सडकमा लेदो थुप्रिँने र ढुंगा खस्ने क्रम नरोकिएकाले बीपी राजमार्ग आज पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले दिएको जानकारीअनुसार चौकीडाँडा, नार्के, चारसयबेँसी, डालाबेँसी लगायतका ठाउँमा अझै सडकको पहिरो र लेदो हटाउन सकिएको छैन।

लगातारको वर्षापछि पहिरो र लेदो सडकमा थुप्रिँदा गएको बिहीबार रातिदेखि नै बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो। ‘काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकिडाँडा, रोसी गाउँपालिका ७, रोसी ७ कै चारसयबेँसी, रोसी ११ को डालाबेँसी, रोसी ९ को बिरुवाडाँडा, कोक्सिकुना, नार्के लगायतका ठाउँमा अझै सडक पूर्णरुपमा अवरुद्ध छ,’ डीएसपी बिष्टको भनाइ छ, ‘ती ठाउँमा हिजैदेखि पहिरो हटाउने र पहिरो फेरि खस्ने क्रम चलिरहेको छ।’

सडक धेरै ठाउँमा अवरुद्ध भएकाले मर्मतमा समय लाग्ने प्रहरीले जनाएको छ। बीपी राजमार्ग अवरुद्ध पूर्वी नेपाल आवतजावत गर्ने यात्रुले सास्ती पाएका छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.