Connect with us

अर्थ

क्यानडा पठाइदिने बहानामा दुई जनाबाट ६५ लाख ९७ हजार ठगी

Published

on

वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा पालुङ्टार नगरपालिका-२ का ३७ वर्षीय रविन आचार्य रहेका छन्।

हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ बस्दै आएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आचार्यलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरिएको हो।

आचार्यले क्यानडा लैजाने र त्यहाँ आकर्षक तलब पाउने लोभ देखाएर दुई जनाबाट ६५ लाख ९७ हजार रुपैयाँ लिएका थिए। तर, उनले पीडितलाई क्यानडा लगेनन्। बरू, रकम लिएपछि सम्पर्कविहीन भए। यसपछि पीडित प्रहरीमा जाहेरी दिन पुगेका थिए।

पक्राउ परेका आचार्यलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचलमा पठाइएको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.