Connect with us

राजनीति

चुनावका लागि कांग्रेस निर्वाचन आयोगमा दर्ता हुँदै

Published

on

नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । तर, नियमित महाधिवेशन वा विशेष महाधिवेशन के गर्ने, कहिले गर्ने ? भन्ने अझै निर्क्यौल भइसकेको छैन ।

असोज २८ गतेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोके पनि काँग्रेस अप्रत्यक्ष रुपमा आगामी चुनावमा देउवाकै नेतृत्वमा होमिने अधिक सम्भावना छ । काँग्रेस राष्ट्रिय सभा निर्वाचनको प्रयोजनार्थ आज निर्वाचन आयोगमा दल दर्ताको लागि जाँदै छ ।

यसो गर्दा माघ २१ गते हुने राष्ट्रिय सभा निर्वाचनको टिकट स्वतः देउवाको हातबाट मात्रै वितरण हुने पक्का छ । वर्तमान सरकार असंवैधानिक तवरले गठन भएको बताए पनि काँग्रेसले आगामी निर्वाचनबाटै वैधानिक सरकार बनाउने उपायलाई उचित ठहर गरेको छ ।

भदौ २४ गतेसम्म काँग्रेससँग सत्ता गठनबन्धनमा रहेको एमाले निर्वाचनमा भाग लिनेबारे औपचारिक रुपमा बोलेको छैन । प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने नहुनेबारे केही नबताएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो राजधानीमा आयोजित कार्यक्रममा पनि संसद पुनर्स्थापनाको मागलाई दोहोर्याएका छन् । तर यो चुनावकै तयारी हो भनेर बुझ्न पनि कठिन छैन ।

राष्ट्रियसभाको आगामी चुनावकै लागि भएपनि एमालेले दल दर्ता नगरी सुखै छैन । सडक आन्दोलनबाटै प्रतिनिधिसभा जगाउने अडानमा रहेको एमालेलाई काँग्रेसको हिजोको निर्णयले दल दर्तामा जानै पर्ने अवस्था उत्पन्न गराइदिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.