Connect with us

राजनीति

नेकपा एसका केन्द्रिय नेताहरूको कार्य विभाजन आज हुने

Published

on

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज सकिने भएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको २६ मंसिरदेखि जारी बैठकमा धारणा राख्ने र जबाफ दिने क्रम सकिए पनि नेताहरूको कार्य विभाजन बाँकी रहेकाले बैठक लम्बिएकाे हाे । 

आजको बैठकमा आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने महासचिव घनश्याम भुषालले जानकारी दिए । उनका अनुसार हिजाेकाे बैठकमा  नेकपा एसको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित गरेकाे थियाे ।

केन्द्रिय कार्यालय आलोकनगरमा सोमबार बसेको स्थायी कमिटिको बैठकले अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.