Connect with us

अर्थ

अतिक्रमित र मापदण्डविपरीतका संरचना सात दिनभित्र हटाउन निर्देशन

Published

on

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिएका छन् ।

महानगर र प्राधिकरणले आज एक संयुक्त सार्वजनिक सूचना जारी गर्दै असोज २ गते बसेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णयअनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्डविपरीतका संरचना खाली गर्न निर्देशन दिइएको हो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्डविपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.