Connect with us

समसामयिक

सशस्त्र प्रहरीद्धारा रौतहटमा ‘विपद् स्वयंसेवक’ तयार गरिँदै

Published

on

रौतहटमा प्रत्येक बर्ष वर्षायाममा हुनेगरेको विपदाजन्य घटनामा साथ सहयोगको लागि सशस्त्र प्रहरी बलले स्थानिय युवाहरुलाई विपद स्वयंसेवकको रुपमा परिचालन गर्न तयारी सुरु गरेको छ।


युवाहरू लाई तयारी स्वरूप सशस्त्र प्रहरी बल नेपाल गण नं. ११ हेक्वा रौतहटको आयोजनामा मंगलवार देखी “विपद् स्वयंसेवक आधारभूत तालिम” सुरु गरेको हो।

समुदायस्तर मै विपद् प्रतिकार्य क्षमताको विकास गर्न र तत्काल उद्धार कार्यमा स्थानीयको सक्रियता बढाउन तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले न्युज कारखानालाई बताए  । 

स्वयंसेवक तालिममा गढीमाई नगरपालिका, माधव नारायण नगरपालिका, राजदेवी नगरपालिका, र कटहरिया नगरपालिकाका गरी कुल ३७ जना युवाहरु सहभागी छन्। तालिमको अवधि १८ दिनको हुनेछ।

एसपी  बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरीका बिशेषज्ञहरुले तालिम दिने जनाईएको छ। तालिममार्फत विपद् पूर्वतयारी, प्राथमिक उपचार, खोज तथा उद्धार कार्य, विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रयोग सम्बन्धी जानकारी दिइनेछ।

सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनमा स्थानीय समुदायलाई सशक्त बनाउने उद्देश्यसहित देशभर विभिन्न स्थानमा यस किसिमको तालिम सञ्चालन गर्दै आएको छ। तालिमबाट स्थानीय तहमा विपद् स्वयंसेवक उत्पादन गरी सम्भावित विपद्का घटनामा तिव्र र प्रभावकारी प्रतिकार्य गर्ने लक्ष्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.