सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखका लागि उपसभापति डीपी अर्यालको नाम प्रस्ताव गरेको छ। सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकमा अर्यालको नाम प्रस्ताव गर्ने निर्णय भएको हो।
आज बिहीबार संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्यालको नाम सभामुखका लागि प्रस्ताव गरेका थिए। जुन प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो ।
सभामुख र उपसभामुखको निर्वाचन यही चैत २२ गते हुँदैछ। त्यसका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ। बैठकमा रास्वपा संसदीय दलका नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी भएनन् ।