Connect with us

समसामयिक

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

Published

on

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन् । वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उनलाई यही वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्यसचिवमा नियुक्त गरेकी छन् ।

कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डा. पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा प्रख्यात बाघविज्ञ हुन् । उनसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ ।

नवनियुक्त सदस्यसचिव डा. पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि तथा मूल्यमान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गरे ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.