Connect with us

समसामयिक

अपहरण गरेर बन्धक बनाएको कसुरमा श्रममन्त्रीका सवारी चालक पक्राउ

Published

on

पीडितलाई अपहरण गरी कुटपिट गर्दै बनाएका थिए भिडियो

प्रहरीले श्रममन्त्री रामजी यादवका सवारी चालक मुस्ककिम मिया, २७ लाई पक्राउ गरेको छ । मियाले अपहरण शरीर बन्धक बनाएको कसुरमा सप्तरी प्रहरीले हिजो सोमबार उनलाई पक्राउ गरेको हो ।

सप्तरीको महादेव गाउँपालिका–३ का मिया यादव श्रममन्त्री भएदेखि नै उनको सवारी चालक थिए। सप्तरी प्रहरीले मियालाई राजविराजबाट पक्राउ गरेको हो । प्रहरीको अनुसन्धान अनुसार मियाले पीडितलाई अपहरण गरी नग्न बनार कुटपिट समेत गरेका थिए । प्रहरीले मियाले पीडितलाई अपमानजनक ढंगले कुटपिट गरेको भिडियो प्राप्त गरेपछि पक्राउ गरेको हो ।

पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको सप्तरीका एसपी मिलन केसीले जानकारी दिएका छन्। पक्राउ परेका मियाँलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले सात दिनको अनुमतिसमेत पाएको छ । श्रममन्त्री यादवको सवारी चालक नियुक्त भएपनि मियाले आफू प्रमुख राजनीतिक सल्लाहकार भएको बताउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.