Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकी राजदूतले पुटिन भेटेको भोलिपल्टै रुसद्धारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

Published

on

युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । 

यो जानकारी दिँदै युक्रेनले रुसले सर्वसाधारणमाथि गरेको यो अर्को घातक आक्रमण भएको बताएको छ । क्षेप्यास्त्र आक्रमण त्यस समयमा भएको थियो जब एक शीर्ष अमेरिकी अधिकारीले हालै रुस भ्रमण गरेका थिए। युक्रेनको सुमी सहर रुसको सिमाना नजिक छ र यो सहर विगत केही सातादेखि लगातार निशाना बनिरहेको छ ।

अमेरिकी राजदूत स्टिभ विटकफले रुसी नेता भ्लादिमिर पुटिनसँग भेट गरेको दुई दिनपछि सुमीमाथि यो हमला भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न आग्रह गरेबापत यो गरिएको हो। 

‘रसियाले सहरको केन्द्रमा ब्यालिस्टिक मिसाइलले आक्रमण गरेको थियो, जब सडकमा धेरै मानिसहरू थिए,’ युक्रेनको आपतकालीन सेवाले भन्यो, ‘मानिसहरू सडकको बीचमा, कारहरूमा, सार्वजनिक यातायातमा र घरहरूमा घाइते भएका थिए, प्रारम्भिक तथ्यांक अनुसार २१ जनाको मृत्यु भएको छ ।’ 
उसका अनुसार आक्रमणमा सात बालबालिकासहित ८३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोप र अमेरिकालाई कडा प्रतिक्रिया दिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा भने, ‘शत्रुको क्षेप्यास्त्रले शहरको सामान्य सडक, सामान्य जीवन, घर, शैक्षिक संस्था, सडकमा रहेका कारहरूलाई निशाना बनाएको छ।’

उनले यो पनि भने, ‘यो त्यो दिन भयो, जब मानिसहरू चर्च जान्छन्, पाम आइतबार, यरूशलेममा प्रभुको प्रवेशको चाड।’


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.