Connect with us

खेलकुद

एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

Published

on

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् । 

मार्च ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी हुने छन् ।

प्रतियोगितामा मानमति विष्ट (कप्तान) जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्रीले भाग लिदै छन् भने अफिसियलमा अरविन्दकुमार झा, प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङ रहेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.