Connect with us

राजनीति

पूर्वराष्ट्रपति भण्डारीले आज चीनमा विशेष सम्बोधन गर्ने

Published

on

बेइजिङमा सरकार प्रमुख सरह सम्मान प्राप्त गरेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आज प्रमुख बक्ताको रूपमा आफ्नो सम्बोधन गर्दैछिन् ।

गत शनिवार राती एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको हिजो बेइजिङमा सरकार प्रमुख सरह भब्य स्वागत गरिएको थियो । उनी  हिजाे बिहान बेइजिङ पुगेकी हुन् । 

१० दिने लामो भ्रमणको क्रममा पुर्व राष्ट्रपति भण्डारीले सोमवार र शुक्रबार प्रमुख बक्ताको रूपमा सम्बोधन गर्दैछिन् । 

जस अनुसार आज चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ । 

उक्त कार्यक्रम भने बेइजिङको स्थानिय समय अनुसार सोमबार विहान आयोजना गरिएको छ भने शुक्रबार अर्को कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन् ।

शुक्रबार भने नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.