Connect with us

राजनीति

माओवादी केन्द्रसँगको एकताबाट गंगानारायण श्रेष्ठलाई सचिवको जिम्मेवारी

Published

on

नेकपा (माओवादी केन्द्र) सँग पार्टी समायोजन गरेर नेपाल समाजवादी पार्टीका संयोजक गंगानारायण श्रेष्ठले सचिवको जिम्मेवारी पाएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे। पार्टी समायोजनसम्बन्धी ५ बुँदे सम्झौता पत्रमा उनलाई माओवादीको केन्द्रीय सचिवको जिम्मेवारी दिने र अरुलाई सम्मानजनक जिम्मेवारी दिइने उल्लेख गरिएको छ।

‘सहमति पत्रमा उल्लेख गरिएको छ, पार्टी समायोजनको नेतृत्व गर्नुभएका क। गंगानारायण श्रेष्ठलाई नेकपा (माओवाद केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गरिनेछ ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.