नेकपा एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेलको समूहबाट पदाधिकारीमा २ जना मात्रै निर्वाचित भएका छन्। उपाध्यक्षमा गोकर्णराज विष्ट बिजयी भएका छन्। उनले १३६८ मत ल्याउँदै उपाध्यक्षहरुमा तेस्रो स्थान हासिल गरेका छन्।
त्यस्तै उपमहासचिवमा पोखरेल समूहबाट योगेश भट्टराई निर्वाचित भएका छन्। उनले १३४८ ल्याएर उपमहासचिवमा तेस्रो स्थान हासिल गरे।