सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ४७१ मतले पछि परेका छन्। सर्लाहबाट प्राप्त मत परिणामअनुसार रास्वपाका सिंहले १२ सय ३९ र थापाले ७६८ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा जनमतका राकेश मिश्राले २५०, एमालेका अमनिश कुमार यादवले १९९, नेकपाका डा।रजनिश रायले १८, जसपाका रामेश्वर राय यादवले २ मत पाएका छन्। अहिले बलरा नगरपालिका वडा नम्बर ३, ५, ६, ७, १० र ११ नम्बर वडाको मतगणना जारी छ।
गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।