Connect with us

राजनीति

सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता हुँदै

Published

on

सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता हुँदैछ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सरकार शिक्षक महासंघका पदाधिकारीहरुबीच वार्ता भइरहेको छ । शिक्षक महासंघको बैठक लम्बिएपछि दिउँसो ३ बजे तय भएको वार्ता साँझ अबेर मात्र अघि बढेको थियो ।

आफ्ना पदाधिकारीहरुको विस्तारित बैठकपछि शिक्षक प्रतिनिधिहरू सिंहदरबारभित्र वार्तामा छिरेका हुन् । महासंघको बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

यसअघि हिजो १५ बैशाखमा सरकार र शिक्षकका प्रतिनिधिहरुबीच दुई चरणमा वार्ता भएको थियो। तर, सफल हुन सकेको थिएन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.