Connect with us

राजनीति

आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा

Published

on

आन्दोलनरत शिक्षकहरूलाई बार्ता र संवादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।

गत बुधवारदेखी काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा विद्यालय कर्मचारीलाई वार्ता र संवादमा आउन मन्त्रालयले अनुरोध गरेको हो ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाप्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका छन ।

विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् । 

हिजोवाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै बुधवार देखी शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएको भोलीपल्ट मन्त्रालयले बार्तामा बोलाएको हो । शिक्षकहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै निकासका लागि मन्त्रालय तयार रहेको पनि जनाइएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.