Connect with us

अर्थ

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

Published

on

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ १० पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । यसअघि मंगलबार अमेरिकी डलरको खरिददर १३५ रूपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ५१ पैसामा कारोेबारको थियो ।  

आज यूरोपियन युरो एकको खरिदमूल्य १५६ रूपैयाँ २३ पैसा र बिक्रीमूल्य १५६ रूपैयाँ ९२ पैसा तोकिएको छ । यो भाउ अघिल्लो दिनको तुलनामा यसको भाउ ४७ पैसाले घटेको छ । यसअघि मंगलबार युरो एकको खरिदमूल्य १५६ रूपैयाँ ७० पैसा र बिक्रीमूल्य १५७ रूपैयाँ ३९ पैसामा कारोबार थियो ।     

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७४ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ७० पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ७४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५९ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३७ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा कायम गरेको छ । 

कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ८६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८२ पैसा र बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ४८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.