Connect with us

राजनीति

राजतन्त्रको पक्षमा माहोल देखेको छैन- देउवा

Published

on

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीको प्रदर्शन जतिनै भएपनि राजतन्त्र नफर्किने बताएका छन् ।

सोमबार कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन उद्घाटनका लागि कैलालीको धनगढी पुगेका देउवाले सो कुरा बताएका छन् । धनगढीमा सञ्चारकर्मीले राजतन्त्रको पक्षमा माहोल बढेको हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले ‘खोइ मैले त राजतन्त्रको पक्षमा केही माहोल देखेको छैन’ भनेका थिए ।

सञ्चारकर्मीले पार्टीको १५औं महाधिवेशन कहिले हुन्छ भन्दै राखेको जिज्ञासामा देउवाले ‘समयमै हुन्छ’ भन्दै टाउको हल्लाएका थिए । पार्टीको आजबाट सुरु हुने प्रदेश सम्मेलनका लागि सभापति देउवासहित महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि पुगेका छन् ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.