Connect with us

समसामयिक

नेपाल फर्किँदै गरेका दुर्गा प्रसाईंलाई भारतको अध्यागमनले गर्यो ४० मिनेट सोधपुछ

Published

on

भारतबाट नेपाल नेपाल फर्कदै गरेका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंलाई भारतीय अध्यागमन अधिकारीहरुले ४० मिनेट सोधपुछ गरेर छाडेका छन् । आज साँझ काठमाडौं फर्कदै गरेका उनलाई सुरक्षा जाँचका लागि भन्दै विमानस्थलमै रोकिएको थियो ।

उनको उडान समय, उनलाई सोधपुछ गर्नुको कारणबारे दिल्लीस्थित नेपाली दूतावास र भारतका अध्यागमनका अधिकारीबीच छलफल भएको दूतावासका अधिकारीहरुले पुष्टि गरेका छन् । ुप्रसाईंलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको रहेछ, ‘दिल्लीस्थित दूतावासका एक अधिकारीले स१चारकर्मीहरुलाई भनेका छन्, उनी भारत आएको जानकारी पाएपछि थप निगरानी बढाइएको थियो ।’

नेपाल एयरलाइन्सको आर ए २१८ विमानबाट नेपाल फर्किन लागेका प्रसाईँलाई अध्यागमन अधिकारीले ४० मिनेट रोकेर छाडेका थिए । उनी आर ए २१८ विमानबाटै स्वदेश फर्केका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.