Connect with us

अन्तर्राष्ट्रिय

इजरायलद्धारा सिरियाविरुद्ध ३ सय बढी हमला, सिरियाको वायुसेना र हवाई रक्षा ध्वस्त

Published

on

इजरायलले सिरियामा कू पछि फैलिएको अराजकताको नाङ्गो एवम् अपराधिक फाइदा उठाउन खोजिरहेको छ।राष्ट्रपति बकर अल असदको सेनाले मैदान छाडेको र सिरियाको सुरक्षाका लागि त्यहाँ कुनै सरकार वा सेना ‘डिफेन्सिभ’न भएको मौका पारेर इजरायलले व्यापक हवाइ हमला गरेको छ । 

इजरायली हर्कत कतिसम्म अपराधिक भने विद्रोहीहरूले कब्जा गरेपछि इजरायलले गोलान हाइट्स नजिकैको सिरियाली क्षेत्रमा आफ्नो कब्जा बढाउन थालेको छ । जसअनुसार इजरायलले पछिल्लो ४८ घण्टामा सिरियामा करिब ३ सय हवाई आक्रमण गरेको छ । जसका कारण सिरियाली वायुसेना र वायु रक्षा नेटवर्क पूर्ण रूपमा ध्वस्त भएको छ, यी आक्रमणहरूमा लगभग सबै विमान, हेलिकप्टर र वायु रक्षा प्रणालीहरू नष्ट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलले सोमबार सिरियाली हतियारहरूलाई निशाना बनाएको छ कि बशर अल असदको शासनको पतन पछि चरमपन्थीहरूको हातमा पर्न सक्ने डर छ। इजरायली विमानले कम्तिमा तीनवटा प्रमुख सिरियाली सेनाको हवाई लक्ष्यमा बमबारी गरेको र दर्जनौं हेलिकप्टर र जेट विमानमा आक्रमण गरेको दुई सिरियाली सुरक्षा स्रोतले सोमबार बताएको थिए । असद सत्ताबाट हटाएपछि हवाई अड्डामा भएका यी सबैभन्दा ठूलो आक्रमण हुन्।

उता, कतार, साउदी अरेबिया र इराकले इजरायलका यी आक्रमणको निन्दा गर्दै सिरियाली क्षेत्रलाई जतिसक्दो चाँडो आफ्नो कब्जा छाड्न आग्रह गरेका छन्। यस बाहेक हुथी समूहले कुनेइत्रा र माउन्ट हर्मनका नयाँ क्षेत्रहरूमा इजरायली सैन्य कारबाहीका साथै दमस्कसमा हवाई आक्रमणमा भएको वृद्धिप्रति पनि गहिरो चिन्ता व्यक्त गरेको छ।

इजरायल मात्रै होइन अमेरिका र टर्कीले पनि आ–आफ्नो स्वार्थ जोगाउन सिरियामा हवाई आक्रमण गरिरहेका छन् । अमेरिकी विदेश मन्त्रालयले सोमबार जानकारी गराएको छ कि उसले लगभग आइएसआइएसका ७५ ठेगानामा आक्रमण गरेको छ। 

उता, टर्कीले पनि कुर्द लडाकुको स्थानलाई निशाना बनाएको छ ।


Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.