इजरायलले सिरियाका संदिग्ध रासायनिक हतियारस्थलमा लामो दूरीका रकेटहरू प्रहार गरेको छ । इजरायलका विदेश मन्त्रीले सिरियामा संदिग्ध रासायनिक हतियार साइटहरूमा लामो दूरीका रकेटहरू प्रहार गरेको बताएका छन्। इजरायलले भनेको छ, ‘ती हतियार शत्रुको हातमा नपरोस् ।’
विदेश मन्त्री गिदोन सारले भनेका छन्, ‘हाम्रो एक मात्र चासो इजरायल र यसका नागरिकहरूको सुरक्षा हो। त्यसैले हामीले रणनीतिक हतियार प्रणालीहरूमा आक्रमण गर्यौं, उदाहरणका लागि बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू अतिवादीहरूको हातमा नपरोस् ।’