Connect with us

अन्तर्राष्ट्रिय

जापानको सत्तारुढ दलले गुमायो बहुमत

Published

on

जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको छ ।

आइतबार सम्पन्न आम निर्वाचनमा एलडीपी र उनको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ । बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ । जापानको सार्वजनिक टेलिभिजन एनएचकेका अनुसार ले आइतबार यो जानकारी दिएको हो ।

त्यस्तै विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीसहित विपक्षी दलहरुले २३५ सिटमा जित हासिल गरेका छन् । यद्यपी संसदमा एलडीपी १८६ सिटसहित सबै भन्दा ठुलो पार्टी भने बनेको छ ।

रिपोर्टका अनुसार कथित आर्थिक घोटालालाई लिएर मतदाताहरू बीच असन्तुष्टिको असर निर्वाचन परिणाममा परेको छ ।

अक्टोबर १ मा जापानको प्रधानमन्त्रीको पदभार सम्हालेका इसिबाले जनताको समर्थन जुटाउनका लागि निर्वाचनको घोषणा गरेका थिए ।

२००९ पछि पहिलो पटक जापानको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत गुमाएको हो । 

निर्वाचनको परिणामपछि अब जापानको सरकार कसले बनाउछ भन्ने अझै स्पष्ट नभएको रिपोर्टमा उल्लेख छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.