Connect with us

अन्तर्राष्ट्रिय

इजरायलले गलत कदम चाल्यो- खामेनी

Published

on

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणप्रति प्रतिक्रिया दिएका छन् । उनले इजरायलले गलत कदम चालेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै खामेनीले भनेका छन्- जियोनिस्ट शासनले दुई रात अघि गलत कदम चाल्यो। हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ संकल्प र पहलको बारेमा बताउनुपर्छ ।’

इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो । यी आक्रमणमा चार इरानी सैनिकको मृत्यु भएको इरानले पुष्टि गरेको छ ।

यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो । तर, इरानको आक्रमणमा इजरायललाई कुनै ठूलो क्षति पुगेको थिएन ।

इजरायलले इरानमाथि करिब सय मिसाइलले आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । इरानले भने इजरायलको सबै आक्रमणलाई असफल बनाएको दाबि गरेको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.