Connect with us

अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम गराउन दोहामा वार्ता शुरु

Published

on

इजरायल र हमासबीच कतारको दोहामा युद्धविराम बारे बार्ता शुरु भएको छ ।

सिएनएनका अनुसार अमेरिका र कतारसहितका उच्च कुटनीतिज्ञको उपस्थितिमा गाजामा युद्ध विराम बारे बार्ता भइरहेको छ । हमासका सर्वोच्च नेता याहया सिनवार मारिएपछि अमेरिकाले युद्धविरामको पहल गर्दै आएको थियो ।

पछिल्लो दुई महिनामा यस किसिमको वार्ता भएको यो पहिलो पटक हो ।

यस वार्तामा इजिप्टले पनि महत्वपूर्ण भूमिका खेलिरहेको बताइएको छ । इजिप्टले यस अघि नै दुई दिनको युद्ध विरामको प्रस्ताव गर्दै इजरायलले प्यालेस्टाइन कैदीको रिहा गरेमा हमासले चार इजरायली बन्दकलाई रिहा गर्ने बताएको थियो ।
  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.