Connect with us

मनोरञ्जन

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

Published

on

 मलयालम सिनेमाका सुपरस्टार मोहनलाल हालै रिलिज भएको आफ्नो फिल्म एल २ इम्पुरान बाट फ्यानहरूले मनोरञ्जन लिइरहेका छन्। चलचित्र २७ मार्चमा रिलिज भएको थियो र त्यसयता चलचित्रले हरेक दिन कुनै न कुनै कीर्तिमान बनाइरहेको छ ।

चलचित्रले १२ दिन बितिसक्दा पनि हलमा आफ्नो पकड कायम राखेको छ । अभिनेता पृथ्वीराज सुकुमारनको निर्देशनमा बनेको यो फिल्मले अब अर्को ठूलो इतिहास रचेको छ ।


र, यसले रिलिजको १२ औं दिन कमाईमा नयाँ कीर्तिमान बनाएको छ । मोहनलाल र पृथ्वीराज अभिनित इम्पुरान मलयालम सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। यसले आइतबारसम्म विश्वव्यापी रूपमा २५० करोडको आँकडा पार गरिसकेको छ ।


फिल्मलाई निर्देशन गर्नुका साथै पृथ्वीराज सुकुमारनले पनि अभिनयसमेत गरेका छन् । मोहनलाल मुख्य भूमिकामा छन् । फिल्मले विश्वभर करिब ६५ करोडको ओपनिङ लिएको थियो र सबैभन्दा ठूलो ओपनिङ गर्ने मलयालम फिल्म बनेको थियो ।


अब, १२ दिन पछि एल २ इम्पुरान मलयालम सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म साबित भइसकेको छ । मेकर्स र मोहनलालले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर एल २ इम्पुरानले विश्वभरी २५० करोड कमाउने पहिलो मलयालम फिल्म बनेको जानकारी दिएका छन्।

यसअघि सन् २०२४ मा रिलिज भएको फिल्म मञ्जुम्मेल ब्वाईजको नाममा सर्वाधिक कमाईको कीर्तिमान थियो। जसले विश्वभर बक्स अफिसमा २४०.५ करोड रुपैयाँ कलेक्सन गरेको थियो । 

विशेष कुरा के छ भने मोहनलालको फिल्मले भारतभन्दा विदेशमा बढी कलेक्सन गरेको छ । फिल्मले भारतबाट अहिलेसम्म १०० करोड मात्र  कमाएको छ विदेशबाट १५० करोड नाघेको छ ।

एल २ इम्पुरानले रामनवमीको अवसरमा आइतबार सिनेमाघरहरूमा ११ औं दिन थियो। फिल्मले १० दिनमा भारतमा ९४.५ करोड कमाएको थियो । फिल्मले आइतबार ३.९७ करोड कमाएको थियो । भारतमा यसको कुल कलेक्सन सोमबारसम्म भारतीय बक्स अफिसमा १०० करोड नाघिसकेको छ ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.