नेपाली कांग्रेसका निलम्बित सांसद एवम् पूर्व सूचनान तथा सञ्चार प्रीवधिमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्री बस्नेत आज विशेष अदालतमा उपस्थित भएका हुन्।
अहिले अदालतमा उनको बयान जारी छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ। फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत विवरणमा पहुँच राख्ने दूरसञ्चार प्राधिकरणको उपकरण टेरामक्स प्रणाली खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरषोत्तम खनालसहितका प्राधिकरणका पूर्व महानिर्देशकहरुविरुद्ध पनि मुद्दा दायर छ । ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी(नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो।
टेरामक्स प्रकरणमा अनुसन्धानका क्रममा अख्तियारले तत्कालीन मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतसहित मुख्यसचिव वैकुण्ठ अर्यालसहितको बयान लिएको थियो ।