Connect with us

राजनीति

कीर्तिपुर-४ मा कांग्रेसले स्वतन्त्रबाट खोस्यो वडाध्यक्ष

Published

on

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन्।

नेकपा माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याए भने एमालेका बद्री बुढाथोकीले ४६० मत पाए।

२०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए। यसपालि स्वतन्त्रबाट उनकी श्रीमती खड्का उम्मेदवार बनेकी थिइन्।

कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन् भने कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.