Connect with us

समसामयिक

नेपाल प्रहरीका दुई डिआइजी एआइजी सिफारिस

Published

on

 नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ।

गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआजीमा बढुवा गर्न सिफारिस गरेको हो।

हालसालै एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ।

कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् थिए भने केसी केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए। यो बढुवामा डिआइजी जनक भट्टराई छुटेका छन्। उनी अब डिआइजीबाटै अवकाशमा जाने भएका छन्। 

आफ्ना निकट ब्याचमेट सबैलाई भाग पुर्‍याउने योजनाअनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अहिले एआइजीहरूको बढुवा गरिरहेका थिए। कुँवरसँग निकट रहेका कारण कडायतले बढुवा पाए। गृहमन्त्री रमेश लेखकसँग नजिक भएकाले केसीले बढुवा पाए भने भट्टराई शक्तिकेन्द्रको रोजाइमा परेनन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.