Connect with us

समसामयिक

आइजिपी कुँवरको अर्को योजना सफल, डिआइजी भट्टराईलाई पद सुम्पिन एआइजी केसीको राजीनामा

Published

on

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रविन्द्र केसीले पदबाट राजीनामा दिएका छन्। एआइजी केसीले शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

‘बिरामी र घरायसी कारणले उहाँले राजीनामा पत्र बुझाउनु भएको छ,’ प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकनिकट स्रोतल भन्यो। केसीले राजीनामा बुझाए पनि यसको अन्तरवस्तु भने ‘विशिष्ट’ छ। केसीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईका लागि स्थान पक्का गर्ने गरी एआइजी बनाइएको थियो।

भट्टराई र केसी दुबै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचमेट हुन्। कुँवरले आफ्ना सबै ब्याचमेटलाई एआइजी बनाइसकेका थिए। बाँकी रहेका भट्टराई मात्रै एआइजी हुन बाँकी थिए। गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए। त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने ‘सर्त’ राखेर एआइजी बनाइएको थियो।

आफू एआइजी बनेर प्रदेश समन्वय विभागमा पोस्टिङ भएको केही समयमै केसी बिरामी तथा घरायसी कारण भन्दै बिदामा बसेका थिए। ‘केसीको राजीनामा गृह मन्त्रालयमा पठाइन्छ,’ कुँवरको सचिवालयले भन्यो, ‘अब भट्टराईलाई एआइजी सिफारिस गर्ने तयारी छ।’

यसअघि कुँवरले आफ्ना ब्याचमेट भीम ढकाल, केदार ढकाल, किरण राणा, भरतबहादुर बोहरालाई एआइजी बनाइसकेका थिए। आफ्ना ब्याचमेट सबैलाई परिस्थिति मिलाएर विशिष्ट श्रेणीको पद (एआइजी) बनाउन कुँवर लागिपरेका थिए। त्यसका लागि उनले गृहमन्त्री रमेश लेखकसँग सहमति लिइसकेका थिए।

महानिरीक्षक कुँवरलाई सरुवा तथा बढुवामा राजनीतिक शक्तिकेन्द्रसँग ‘नतमस्तक’ भएको आरोप लाग्ने गरेको छ। केसीको राजीनामालाई त्यसैको ‘उपज’ ठानिएको छ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.