Connect with us

समसामयिक

नेपाल र बंगलादेशबीच आज हुने ‘फाइनल’ खेलमा यस्ता छन् लैजान निषेध सामग्री

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ  ।

कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि एन्फाले सुरक्षामा विशेष ध्यान दिने बताएको हो  ।

एन्फाले आज हुने फाइनल खेल गर्न जाने दर्शकले दशरथ रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको जानकारी दिएको छ ।

त्यस्तै अनुमति बिना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको एन्फाले जनाएको छ ।

त्यस्तै एन्फाले फाइनल खेलको टिकट बिक्रि आफै गर्ने भएको छ । सेमिफाइनल खेलमा टिकट बिक्रिको अधिकार पाएको माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिले क्षमता भन्दा बढी टिकट बिक्रि गरेको पाइएपछि सम्झौता रद्द गरेको छ ।

एन्फाले फाइनल खेलको लागि जम्मा ११ हजार टिकट बिक्री गरिनेछ जानकारी दिएको छ, जसमध्ये १० हजार साधारण पारापिटतर्फ र १००० भिआइपी पारापिट तर्फको टिकट रहने जनाएको छ । 

खेलको टिकटहरू जावलाखेल स्थित जावलाखेल फुटबल खेलमैदान र भद्रकाली स्थित नेपाल आर्मीको गेटमा रहेको काउन्टरबाट बिक्री गरिने र टिकटहरू कुनै पनि अनलाइन माध्यमबाट बिक्री नगरिने एन्फाले जनाएको छ । 

त्यस्तै एक व्यक्तिलाई अधिकतम दुई भिआइपी र पाँच साधारण टिकट बिक्री गरिने जानकारी दिदै एन्फाले यसअघि अनलाइन माध्यमबाट किनिएका भिआइपी टिकटको रकम फिर्ता गरिनेछ भने साधारण टिकटलाई भने यथावत रूपमा कायम गरिने जानकारी दिएको छ । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.