Connect with us

समसामयिक

बेल्जियमको राजदूतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित

Published

on

संसदीय सुनुवाइ समितिले बेल्जियमको राजदूतमा सिफारिस सेवा लम्साललाई अनुमोदन गरेको छ ।  बुधबार भएको लम्सालको सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

सुनुवाइको क्रममा लम्सालले राजदूतको रुपमा आफ्नो योजना प्रस्तुत गर्दै नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

समितिले अनुमोदन गरेसँगै अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ ।

लम्सालले २०८० मंसिर २९ बाट परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेकी हुन् । परराष्ट्र सचिवको कार्यकाल ५ वर्ष हुन्छ । उमेरका कारण उनी २०८२ असार ५ गतेसम्म परराष्ट्र सचिव हुन पाउने थिइन् । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.