Connect with us

अर्थ

नेप्सेमा ९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

Published

on

आइतबार नेप्से परिसूचक ९ अंकले घटेको छ । आज नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२० कम्पनीका एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माइ खोला हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मुल्य ६.७९ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ३२ करोड ६४ लाख ८५ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको प्रमोटर शेयरसबै भन्दा बढी ६ लाख ६३ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.