Connect with us

राजनीति

स्थानीय तहका रिक्त ४४ पदको उपनिर्वाचनमा आज मनोनयन

Published

on

दुई जिल्लाका जिल्ला समन्वय प्रमुख, एक मेयर, एक उपमेयर, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३४ जना वडाध्यक्ष समेत गरी स्थानीय तहका ४४ पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ ।

स्थानीय तहका रिक्त ४४ पदमा हुने उपनिर्वाचनका लागि आज मनोनयन हुँदैछ । आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता हुन लागेको हो । । निर्वाचन अधिकृतको कार्यालयले आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयनका समय तोकेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आजै साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । भोलि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको दाबी विरोधको समय तोकिएको छ । उजुरीकै आधार जाँचबुझ गरी भोलि साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । ५ मंसिर बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन अन्तिम नामावली प्रकाशित गरी उम्मेदवारलाई चुनावचिह्न प्रदान गरिनेछ ।

स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३४ वडाध्यक्ष गरी ४४ पद रिक्त छ । तिनै स्थानीय तहमा निर्वाचन हुँदैछ । रिक्त स्थानमध्ये यस अघि कांग्रेसले २७, एमालेले आठ, माओवादीले सात, जसपाले एक र एक स्वतन्त्र उम्मेदवारले जितेका थिए । १६ मंसिरमा हुने निर्वाचनमा भने समिकिरण परिवर्तन भएकाले फरक नजिता आउन सक्नेछ ।

स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा, जसपा, जनमत, नेकपा (ए.समाजवादी)सहित २५ वटा पार्टी दर्ता भएका छन् । रोचक यो पनि छ कि रास्वपा पहिलोपटक स्थानीय तहमा लड्दै छ । निर्वाचन आयोगका अनुसार कोसी प्रदेश अन्तरगत ओखलढुंगा र सुदूरपश्चिमको कैलालीका जिसस प्रमुख रिक्त छन् ।

त्यस्तै काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख छैनन् । मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष खाली छ । दोलखाको गौरीशंकर र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ ।

निर्वाचन आयोगका भनाइमा स्थानीय तह उपनिर्वाचनमा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् । जसमध्ये एक लाख ११ हजार आठ सय ९६ महिला, एक लाख १४ हजार नौ सय पुरुष र तीन अन्य मतदाता छन् । मतदानका लागि एक सय ६२ मतदान स्थल र दुई ९३ मतदान केन्द्र कायम गरिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.