Connect with us

राजनीति

राष्ट्रिय सभामा मात्र एमालेको निवेदन दर्ता

Published

on

नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता भने गराएको छैन ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने छ । नेकपा (एमाले) ले अहिलेकै परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग नलिने दाबी गर्दै आएको छ । आयोगका अनुसार प्रतिनिधि सभातर्फ मङ्सिर ३ गतेसम्म २२ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.