सत्तारुढ नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आज समापन गर्ने तयारी छ , कांग्रैसले आज दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो । तर, तर नेताहरुको कार्य व्यस्तता देखाउँदै बैठक ३.३० बजेलाई सारिएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक असार १६ देखि केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । आजको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धारणा राख्नेछन् । यी पाँच शीर्ष नेताले बोलिसकेपछि यस पटकको केन्द्रीय समिति बैठक आजै समापन गर्ने तयारी छ ।
बैठकमा बोल्ने नेताहरूले पार्टी नेतृत्व र एमालेसँगको सहकार्यमाथि प्रश्न उठाएका छन् । उनीहरुले १५औँ महाधिवेशनको मिति तोकेर जान नेतृत्वसामु दबाब बढाएका छन् ।