Connect with us

राजनीति

सचिव दुराले छाडे जिम्मेवारी, सभापति खतिवडा पनि तयार

Published

on

राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज दूराले जिम्मेवारी छाडेका छन्। निजामती सेवा विधेयकको कुलिङ पिरियड विवादमा तानिएका सचिव दूराले अस्ति बुधबारदेखि नै आफूले समिति सचिवको जिम्मेवारी छाडेको आज जानकारी दिए।

सहसचिवकोे हैसियतमा समिति सचिव रहेकै बेला संसदको प्रशासनतर्फको सचिवमा बढुवा भए पनि उनले राज्य व्यवस्था तथा सुशासन समितिको जिम्मेवारी त्योगेका थिएनन्। चर्कों विवादमा परेपछि दूराले अब समितिको जिम्मेवारी नलिने भएका हुन्।

समितिका सभापति रामहरि खतिवडाले पनि छानबिन समिति बनेपछि आफूले जिम्मेवारीबाट पन्छिने बताएका छन्। आज शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा खतिवडाले निष्पक्ष छानबिनका लागि आफू सभापतिको जिम्मेवारीबाट हट्ने तयार रहेको बताएका हुन्् ।

समितिले औपचारिक रुपमै कुलिङ पिरियड राख्ने समितिको निर्णय प्रतिवेदनको क्रममा तोडमोड गर्नेहरुमाथि छानबिन गर्न सभामुखलाई आग्रह गरेको छ। सभामुखले छानबिनका लागि परामर्श गरिरहेको उनको सचिवालयले जानकारी दियो।

समितिका सदस्यहरुले सभापति र सचिव दुवै जनालाई पद छाड्न ठूलै दबाब दिएका थिए।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.