Connect with us

समसामयिक

नेपाल प्रहरीका सात डीआइजीको सरुवा, ६ प्रदेश प्रमुख तोकिए

Published

on

गृह मन्त्रालयले नेपाल प्रहरीका सात प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्री रमेश लेखकले मन्त्री स्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेका हुन् ।

सरुवासँगै ६ प्रदेशक प्रहरी प्रमुख पनि अदलीबदली भएका छन्। गृह मन्त्रालयका अनुसार ईश्वर पोखरेललाई कोशी प्रदेश प्रहरी कार्यालय, उमा प्रसाद चतुर्वेदीलाई मधेस प्रदेश प्रहरी कार्यालय, अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय, दिनेश कुमार आचार्यलाई गण्डकी प्रहरी प्रदेश कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, डम्बरबहादुर विकलाई सुदूरपश्चिम प्रदेश कार्यालय र गोविन्द थपलियालाई केन्द्रीय अुनसन्धान व्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्याैलयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.