Connect with us

राजनीति

रास्वपा केन्द्रिय समितिको बैठक बस्दै

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक बस्दैछ ।

पार्टी स्थापना दिवसको अवसरमा आज सो पार्टीको केन्द्रिय समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ ।

बिहिवार बसेको केन्द्रिय सचिवालय बैठकले  ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने नारा तय गर्दै तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको थियो ।

असार ७ गते बिहान ९ बजे पार्टीले यस्तो नारा तथा कार्यक्रमसहित तेस्रो स्थापना दिवस मनाउने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

सचिवालय बैठकले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशनकेन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार रास्वपाले महाधिवेशन सारेर फागुनमा पुर्‍याएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.