Connect with us

राजनीति

एमाले विधान अधिवेशनका लागि प्रेस चौतारीले बुझायो सुझाव

Published

on

नेकपा (एमाले) निकट पत्रकार सङ्गठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि आज अपरान्ह महासचिव शङ्कर पोखरेललाई सुझाव बुझाएको छ ।

सङ्गठनको तर्फबाट निवर्तमान अध्यक्ष गणेश पाण्डेले सुझाव हस्तान्तरण गरेका छन् । सुझाव हस्तान्तरण कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो।

चौतारीले बुझाएको सुझाव पार्टी विधान संशोधन र राजनीतिक प्रतिवेदनमा समावेश गर्न माग गरिएको छ। प्रेस स्वतन्त्रता, पार्टी नेतृत्वको कार्यकाल र उमेर सीमा, केन्द्रीय कमिटीको संरचना, सदस्यता व्यवस्था, सम्पर्क समन्वय कमिटी, संवैधानिक पदाधिकारीको राजनीतिक संलग्नता, युवा तथा महिलाको प्रतिनिधित्व, विभागीय मनोनयन, मिडिया कानुनलगायतका विषयलाई सुझावमा समेटिएको छ।

चौतारीले पार्टी केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विभागीय मनोनयनमा सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिलाई प्राथमिकता दिनुपर्ने, महिलासहित ७ जना महाधिवेशन प्रतिनिधि उपलब्ध गराउनुपर्ने र राजनीतिक नियुक्तिमा सरोकारवाला सङ्गठनको सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।

मिडिया कानुनका सन्दर्भमा चौतारीले हाल केन्द्र र प्रदेश तहमा बनेका कतिपय कानुनप्रति गम्भीर चासो व्यक्त गर्दै सरोकारवाला जनसङ्गठनको सुझावलाई अनिवार्य रूपमा समेटेर मात्र कानुन बनाउन पार्टीले पहल गर्नुपर्ने माग सुझावपत्रमा छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.