एसईई (माध्यमिक शिक्षा परीक्षा) अब प्रदेश स्तरीय तहबाट सञ्चालन गर्ने प्रस्ताव शिक्षा समितिबाट पारित भएको छ। प्रतिनिधिसभाको संसदीय समितिले एसईई हटाउने प्रस्ताव गरेपछि शिक्षा मन्त्रालयले विरोध जनाएको थियो।
समितिका सदस्यहरूको धारणापछि एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव पारित भएको छ । विद्यालय शिक्षा विधेयकमा छलफलको क्रममा शिक्षा समितिले आफ्नो प्रतिवेदनमा एसईई हटाउने प्रस्ताव गरेको थियो।
एसईई हटाउन नहुने भन्दै शिक्षा मन्त्रालयले प्रस्ताव पेस गरेको थियो। त्यसमा समिति सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । उनीहरूको धारणापछि एसईई प्रदेशबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव पारित गरेको हो।
कक्षा १० अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव समिति सभापति अम्मरबहादुर थापाले गरेका थिए। त्यसमा समितिका अधिकांश सदस्यहरूले पारित गरेका हुन। प्रदेशबाट सञ्चालन गर्दै गर्दा राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरेर काम गर्नुपर्नेछ। त्यस्तै प्रदेश कानुनको व्यवस्था भएबमोजिम हुने र त्यो नहुँदासम्म सङ्घीय कानुन अनुसार सञ्चालन गर्न बाधा नपुग्ने भनिएको हो।