राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ ।
२०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ ।