Connect with us

राजनीति

सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

Published

on

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच आज गृह मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन बनेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको पहिलो चरणको वार्ताले कुनै पनि निष्कर्ष निकाल्न नसकेको सार्वजनिक यातायात केन्द्रीय महासंघले बताएको छ।

सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाकाअनुसार वार्ता सकरात्मक रहेको र पुनः छलफल गरी समस्याको समाधान निकाल्ने सहमति भएको छ ।

राइड सेयरिङ कानूनको विरोध गर्दै यातायात व्यवसायीहरुले आज देशभर सार्वजनिक यातायात ठप्प पारेका छन्। गाडी नचल्दा यात्रीहरु मर्कामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.