Connect with us

राजनीति

एसईईमा चोरी गराउन ठूलो षड्यन्त्र भइरहेको छ: मुख्यमन्त्री सिंह

Published

on

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा एसईई० मा चोरी गराउन ठूलो षड्यन्त्र भइरहेको आक्षेप लगाएका छन् । एसइई परीक्षाका लागि मधेश प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएकाले यसको सञ्चालन प्रक्रियाबाट बाहिरिएको मुख्यमन्त्री सिंहको भनाइ छ ।

परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरिने अवस्था रहेको, परीक्षार्थीलाई चिट चोराउन केन्द्राध्यक्ष र शिक्षकको बढ्दो सक्रियता देखिएको सिंहले बताएका छन् । ”अवस्था सुधार्न खोजिएको थियो । तर केन्द्राध्यक्ष चयनमा संघ सरकारका कर्मचारी रहने र जिल्ला परीक्षा समितिबाट प्रदेश सरकारको निर्देशन अवज्ञा हुनु दुर्भाग्यपूर्ण र प्रत्युत्पादक रहेको हाम्रो ठहर छ”, उनले भनेका छन्।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने र शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्यसचिव रहने शिक्षा परीक्षा समन्वय समितिले गरेको केन्द्राध्यक्ष चयनको प्रक्रिया स्वीकार्न नसकिने मुख्यमन्त्री सिंह बताउँछन् ।

”योग्य तथा सक्षम शिक्षकको मनोबल वृद्धि गरी समान अवसरको अनुभूति दिलाउन र परीक्षा सञ्चालनमा स्वार्थ समूहको दबाब वा हस्तक्षेप नियन्त्रण गर्न खोजेका थियौं”, उनी भन्छन्, ”स्वार्थ समूहको चासोमा प्रदेश सरकारको निर्णय अटेर गरिएको छ । गोलाप्रथाबाटै केन्द्राध्यक्ष नियुक्ति हुनुपर्ने प्रदेश सरकारको सोच थियो । त्यो लागु नभएपछि हामी परीक्षाबाट बाहिरियौ।”

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.