नागरिक, कम्पनी, संघ, संस्थाले तिरेको कर सही ढंगले सदुपयोग भइरहेको छ कि छैन ? यो एउटा पाटो हो । तर, सम्बन्धितले राज्यलाई कर तिरिरहेकै छन् र राज्यले पनि सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरिरहेकै छ ।
गत आर्थिक वर्षमा सर्वाधिक कर तिर्ने विभिन्न १६ विधाका कम्पनीलाई उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका छन् ।
मूल्य अभिवृद्धि कर (भ्याट) ऐन २०५२ लागु भएको दिन पारेर सरकारले कर दिवस मनाउँदै आएको छ । स्मरणीय छ, २०५४ मंसिर १ मूल्य अभिवृद्धि कर ऐन लागु भएको थियो ।
त्यही ऐनलाई आधार मानेर सरकारले २०६९ सालदेखि मंसिर १ गते कर दिवस मनाउँदै आएको छ र करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गर्ने गरेको छ ।
यस वर्ष पनि सरकारले धेरै कर तिर्ने १६ उत्कृष्ठ करदातालाई सम्मान गरेको छ ।
हेर्नुहोस्, १६ विधामा उत्कृष्ठ कर तिर्ने करदाता
सबैभन्दा बढी आयकर तिर्ने निकाय
१. नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) निकायतर्फ
एकलौटी फर्महरुतर्फ
२. सुर्ति ट्रेडर्स
सूचना प्रविधितर्फ
३. कोडावतार टेक प्रा.लि.
निर्यात कारोबार
४. डाबर नेपाल प्रा.लि.
कृषि एवम् पशुजन्यतर्फ
५. पतञ्जली आयुर्वेद प्रा.लि.
बैंक तथा वित्तीय संस्थातर्फ
६. नबिल बैंक लिमिटेड
स्वास्थ तथा शिक्षातर्फ
७. लुम्बिनी मेडिकल कलेज
पर्यटनतर्फ
८. तारागाउँ रिजेन्सी
वस्तु व्यापारतर्फ
९. भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदातातर्फ
१०. सिडियस एण्ड क्लियरिङ् लिमिटेड
ऊर्जातर्फ
११. भोटेकोसी पावर कम्पनी
रेमिटेन्सतर्फ
१२. सिटी एक्सप्रेस
व्यक्तिगत आयकर
१३. राजबहादुर शाह
मूअक समयमा तिर्नेमध्ये
१४. होङ्सी सिमेन्ट
५० करोड भन्दा धेरै कारोबार गर्नेतर्फ
१५. सोल्टी होटेल
विशेष उद्योगतर्फ
१६. वरुण वेभरेज प्रा.लि.