नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ । निगमको हिजो शुक्रबार बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ । अर्थात राति १२ बजेबाट नयाँ मूल्य लागु भइसकेको छ । बढाइएको मूल्य अनुसार अब काठमाडौँमा डिजल तथा मट्टीतेल प्रति लिटर एक सय ५३ रुपैयाँ पर्ने छ ।
भारतको इन्डियन आयल कर्पोरेशनबाटै पेट्रोल प्रतिलिटर ३२ पैसा र डिजल तथा मट्टीतेल प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको निगमले बताएको छ ।