Connect with us

अन्तर्राष्ट्रिय

अमेरिका र युक्रेनबीच साउदी अरेबियामा वार्ता शुरु

Published

on

 साउदी अरेबियामा अमेरिका र युक्रेनबीचको वार्ता शुरु भएको छ ।

वार्तामा युक्रेनको तर्फबाट, राष्ट्रपति जेलेन्स्कीका मुख्य सल्लाहकार एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री त्सिबिहा र रक्षामन्त्री रुस्तम उमरोभ सामेल छन् भने अमेरिकाको तर्फबाट, विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज रहेका छन् ।

येर्माकले अमेरिकासँग गरिने सहमतिमा आफुहरुले सुरक्षा ग्यारेण्टीको विषयलाई प्रमुखताका साथ उठाउने बताएको बिबिसीले उल्लेख गरेको छ । साथै रुससँग युद्धविराम कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै अमेरिकाले युक्रेनको खनिजको विषयमा गर्न खोजेको सम्झौताको विषयमा पनि छलफल हुने बताइएको छ ।

यस अघि फेब्रअरी २८ मा ह्वाइटहाउसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण भेटवार्तापछि ब्रिगेको वातावरण यस वार्तापछि सुध्रिने अपेक्षा गरिएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.