Connect with us

अन्तर्राष्ट्रिय

रुसले गर्‍यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण

Published

on


रूसले पश्चिमी युक्रेनमा फेरि मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रूसले युक्रेनमाथि ५७४ ड्रोन र ४० मिसाइल प्रहार गरेको छ । यो पछिल्ला हप्ताहरूकै सबैभन्दा ठूलो बमबारी हो ।

जापोरिज्जिया, डिनिप्रोपेट्रोभ्स्क र लभिभमा रूसले आक्रमण गरेको हो । पश्चिमी सहर लभिभमा ड्रोन र मिसाइल आक्रमणमा एकजनाको मृत्यु भएको छ । दक्षिण–पश्चिमी ट्रान्सकार्पाथिया क्षेत्रमा भएको आक्रमणमा १५ जना घाइते भएका छन् ।

युक्रेनको वायुसेनाले बुधबार रातिदेखि बिहीबारसम्म रूसले ६१४ ड्रोन र अन्य मिसाइल प्रहार गरेको जनाएको छ । तीमध्ये युक्रेनले ५७७ वटालाई रोकेको बताएको छ । यो गत जुलाईयताकै सबैभन्दा ठूलो हवाई आक्रमण भएको बताइएको छ ।

पछिल्ला आक्रमणहरूले पश्चिमी क्षेत्रहरूलाई पनि निशाना बनाएका छन् ।

युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले यी आक्रमणहरूले यो युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता र बलियो हवाई रक्षा प्रणाली किन महत्वपूर्ण छ भन्ने स्पष्ट गरेको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्तिको लागि छिट्टै वार्ता हुने तयारी भइरहेका बेला यो आक्रमण भएको हो ।

जेलेन्स्कीले पुटिनसँग कुनै पनि ढाँचामा भेट गर्न इच्छुक रहेको बताएका छन् । यद्यपि, उनले बुडापेस्टमा वार्ता गर्ने प्रस्तावको बारेमा असजिलो र कठिनाइ रहेको भन्दै असहमति जनाएका छन् ।

जेलेन्स्की यो वार्ता युरोपको कुनै तटस्थ स्थानमा होस् भन्ने चाहन्छन् । उनले वार्ता स्विट्जरल्यान्ड वा अस्ट्रिया वा इस्तानबुलमा पनि आयोजना हुनसक्ने बताए ।

बीबीसी बाह्खरी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.